SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ १२:५६ AM · 1 मिनेट पढाइ

दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ७, शनिबार) दिउँसो र राति हुने सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। देशका पहाड भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।