SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०१:०४ AM · 1 मिनेट पढाइ

मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनबाटै समृद्धि सम्भव:मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनमार्फतै समाजलाई समृद्धिको यात्रामा अघि बढाउन सकिने बताएका छन । बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्वको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले पारिवारिक सम्बन्ध, कर्तव्यबोध र संस्कारलाई मजबुत बनाउन विशेष योगदान दिने उल्लेख गरे।