SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०२:२० AM · 1 मिनेट पढाइ

बजेट कार्यक्रम सार्वजनिकीकरण गौशाला व्यवस्थापनमा जोड

बुटवल, ०७ भदौ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पशुपंक्षी तथा मत्स्य निर्देशनालयले शुक्रबार बुटवलमा आर्थिक वर्ष २०८२ /०८३ को स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । कुल बजेट ६२ करोड ७७ लाख मध्ये पुँजीगत तर्फ ४ करोड र चालुतर्फ ५८ करोड ७७ लाख रहेको निर्देशनालयका नि महानिर्देशक श्रवणकुमार चौधरीले बताए ।