SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०२:३७ AM · 1 मिनेट पढाइ

साफ यु–१७ महिला च्याम्पियनसिप: भुटान विरुद्ध नेपालको पुनरागमन जित

काठमाडौँ, ०७ भदौं । सहारा लिम्बुको दुई गोलमा भुटानमा भइरहेको साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाली यु–१७ महिला टिमले घरेलु टोली विरुद्ध पुनरागमन जित हात पारेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल गर्दै भुटानलाई २–१ ले पराजित गरेको हो । पहिलो हाफमा भुटानले १–० को अग्रता लिएको थियो ।