SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०३:३९ AM · 1 मिनेट पढाइ

तीजमा अपाङ आश्रमलाई सहयोग

बुटवल, ७ भदौ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले तीज मिलन कार्यक्रमको अवसरमा बुटवलको एक आश्रमलाई २० हजार ५ सय रुपैया बराबरको खाद्यान्न सहयोग गरेको छ । औपचारिक कार्यक्रममा हुने फजुल खर्चलाई सामाजिक कार्यमा लगाउने अभियान अन्तरगत शुक्रबार शुभकामना आदानप्रदान तथा सहयोग हस्तान्तरण कार्यक्रम गरेको हो ।