SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०३:५७ AM · 1 मिनेट पढाइ

२३ औं संस्करण लिस्नु कपको भदौ १४ बाट

बुटवल, ६ भदौ । रुपन्देही क्षेत्रकै प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको लिस्नु कप फुटबल प्रतियोगिताको २३ औ संस्करण भदौ १४ गते शनिबारबाट हुने भएको छ । यशोदा फुड्स मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिका वडा नं. १५ को वडा कार्यालय सह–प्रायोजन तथा लिस्नु युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो ।