पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काउनु गणतन्त्रका लागि खतरा : महासचिव पोखरेल
बुटवल, ७ भदौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि गम्भीर खतरा हुने दाबी गरेका छन्। प्रेस चौतारी दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सेनाको परमाधिपति भइसकेको व्यक्तिले पुनः दलगत राजनीतिमा प्रवेश गर्दा गणतन्त्रप्रतिको आस्था कमजोर हुने जिकिर गरे। उनका शब्दमा, “पूर्वराष्ट्रपति संविधानका संरक्षक हुन्।
