SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०८:१९ AM · 1 मिनेट पढाइ

ईभेन्ट ब्यवसायीलाई ट्राफिक प्रशिक्षण

बुटवल, ७ भदौ । रुपन्देही ईभेन्टस ब्यवसायी संघले आफना ब्यवसायीहरुलाई एक दिने ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । साना सवारी प्रयोग हुने ब्यवसायीहरुलाई ट्राफिक नियमकानुनबारे ज्ञान दिने गरि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको सहकार्यमा संघले शनिबार कार्यालय परिसरमा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।