SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

प्रचण्डलक्षित जनार्दनको कटाक्ष- शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गरे। ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन, शेषनागले पृथ्वी बोकेको पनि हुँदैन।