भियतनामका उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता
काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरेकी छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री राणाले भेटवार्ता गरेकी हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
