SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

दुधको मासिक भुक्तानी पाएपछि किसानहरुमा हौसला

लमही, ८ भदौ । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका किसानसँग सरकारी दरमा दूध खरिद गरी महिनामै भुक्तानी गर्ने व्यवस्था सुरु गरेपछि किसानहरू खुसी भएका छन्। सहकारीले गढवा प्रहरी चौकी नजिकै सञ्चालनमा ल्याएको दुग्ध संकलन तथा बिक्री केन्द्रमार्फत किसानले ल्याएको दूध संकलन गर्दै आएको छ।