SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ १०:४३ PM · 1 मिनेट पढाइ

लम्पीस्किनलाई महामारी घोषणा गर

नेपालमा लम्पीस्किन रोग महामारीका रूपमा फैलिएको छ । देशका विभिन्न स्थानमा फैलिएको लम्पीस्किनका कारण हजारौं पशु चौपायाको मृत्यु भैसकेको छ । लम्पीस्किन नियन्त्रणका लागि सरकारको प्रयास सुस्त भैरहेको अवस्था छ । सातै प्रदेशमा फैलिएको लम्पीस्किन रोगको प्रकोप नियन्त्रणका लागि घर घरमा पशु चिकित्सक सहितको टिम परिचालन गर्नुपर्नेमा अहिलेसम्म त्यो हुन सकेको छैन ।