एकसय जना छात्रालाई ११ कक्षा पढ्न साइकल
भैरहवा, ७ भदौ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका १०० जना एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण गरिएको छ । नेपाल भारत मैत्री केन्द्र, रूपन्देहीले भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार साईकल वितरण गरेको हो । यसले उनीहरूलाई माध्यमिक र उच्च शिक्षा अध्ययनका लागि थप सहजता प्रदान गर्ने अपेक्षा राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
