SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ ०५:४३ AM · 1 मिनेट पढाइ

सुटकेसभित्र भेटिएको शव २६ वर्षीया युवती रुवी साहको

काठमान्डौ, भदौ ८ । रौतहटको गौर–सिरसिया सडकखण्डमा एक सुटकेसभित्र भेटिएको शव २६ वर्षीया रुवीकुमारी साहको भएको पुष्टि भएको छ । मृतक रुवीको माइती घर माधवनारायण नगरपालिका–२ महादेवपट्टी हो भने उनको विवाह भारतको मुजफ्फरपुरमा भएको थियो । शनिबार राति स्थानीयले गौर नगरपालिका–९ स्थित दिव्यज्योति स्कुल गेट नजिक शंकास्पद ठूलो सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए ।