SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ ०६:१५ AM · 1 मिनेट पढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

बर्दिया, ८ भदौँ । बर्दिया राष्ट्रिय निकुञ्जमा सञ्चालन हुँदै आएको जिप सफारी सेवा अस्थायी रूपमा बन्द भएको छ । निरन्तरको वर्षाका कारण निकुञ्ज भित्रका करिब १ सय ५० किलोमिटर सडक बिग्रिएपछि मर्मत सम्पन्न नभएसम्मका लागि सेवा रोकिएको निकुञ्जको प्रशासनका अधिकारीले जानकारी गराएका छन् ।