SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ ०७:०९ AM · 1 मिनेट पढाइ

टिप्पर र मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

लमही,८ भदौ । दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा प्युठान ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवल बहादुर बमका अनुसार उपचारका क्रममा भालुवाङ अस्पतालमा उनको मृत्यु भएको हो ।