SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ ०२:१० PM · 1 मिनेट पढाइ

मिडिया क्षेत्रमा नयाँ पहल : बुटवल टुडेमा लैङ्गिक नीति सार्वजनिक

बुटवल, ८ भदौ । बुटवलटुडे मिडिया ग्रुपले आइतबार ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशिता नीति २०८२’ सार्वजनिक गर्दै कार्यान्वयनको घोषणा गरेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आयोजित विशेष समारोहमा उक्त नीतिलाई औपचारिक रूपमा लागू गरिएको हो ।