मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा १९ वर्षीया युवतीको मृत्यु
बुटवल, ४ भदौ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा करेन्ट लाग्दा एक १९ वर्षीया युवतीको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतका अनुसार घरमा मोबाइल चार्ज गर्ने क्रममा नजिकैको नाङ्गो तार छोएपछि कृष्णकुमारी चन्दको घटनास्थलमै मृत्यु भएको हो। सोमबार साँझ घटेको यस घटनापछि गाउँ नै शोकमग्न भएको स्थानीयले जनाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
