SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०५:२५ AM · 1 मिनेट पढाइ

गाजामा दुई वर्षमा १८ हजार ८८५ बालबालिका मारिए

काठमाडौं, ४ भदौ । इजरायलद्वारा गाजामा गरिएको आक्रमणमा परी पछिल्ला दुई वर्षमा १८ हजार ८८५ बालबालिकाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । ६२ हजार नागरिक मारिएकामा १८ हजार ८८५ बालबालिका रहेको अधिकारीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। प्रत्येक महिना औसतमा ५४० भन्दा बढी बालबालिका मारिने गरेको दाबी गरिएको छ ।