SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०९:२१ AM · 1 मिनेट पढाइ

उपसभामुख हटाउने प्रयासमा रास्वपाद्वारा आपत्ति

काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गर्दै पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाए । उनले कांग्रेस र एमालेको कदमले लोकतन्त्र नै कमजोर हुने बताए ।