SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०९:३५ AM · 1 मिनेट पढाइ

उपसभामुख हटाउने प्रयास दुई दलीय सत्ताको खेल हो: सांसद कार्की

काठमाडौँ, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुगेका कारण कांग्रेस–एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको बताइन । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस र एमालेहरूले आफ्ना सांसदलाई खाली कागजमा सही गराएको समेत बताइन ।