SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

नर्बेका राजकुमार माथी ३२ मुद्दा दायर, ४ वटा बलात्कार सबन्धी

काठमाडौं, ४ भदौं । नर्वेकी राजकुमारी मेट–मेरिटका छोरा मारियस बोर्ग होइबीलाई कुल ३२ वटा अपराधमा मुद्दा दायर गरिएको छ । जसमध्ये चारवटा बलात्कारका घटना छन् । यसबाहेक घरेलु हिंसा र कुटपिटका घटना पनि धेरै छन् । मारियस होइबीलाई गत वर्ष अगस्ट ४ मा आफ्नी प्रेमिकालाई आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो ।