SHARE
बुटवल टुडे · बुधबार ४ भौ २०८२ ०३:१० PM · 1 मिनेट पढाइ

‘माइजु हो भनेर ४९ हजार पठाएको, चोर पो रहेछ !’

बुटवल, ४ भदौ । “माइजु हो भनेर पैसा पठाएँ, तर चोर पो रहेछ !” बुटवल योगीकुटीकी हिरा गुरुङ (नाम परिवर्तन) को पहिलो वाक्य हो यो । करिब एक महिना अघि उनकी माइजु रिता थापाको मेसेन्जरबाट सन्देश आयो—“अत्यावश्यक परेको छ, तुरुन्तै ४९ हजार पठाइदेउ नानी !” नजिकको परिवार भएकाले उनले कुनै शंका नगरी रकम पठाइन् ।