SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०२:३५ AM · 1 मिनेट पढाइ

प्रकोपजन्य घटना नियन्त्रणमा बेवास्ता 

अहिले पानी पर्ने र घाम लाग्ने क्रम बढेसँगै वर्षाजन्य रोगसँग सम्बन्धित विभिन्न रोगहरूको प्रकोप फैलिएको छ । यही बेला स्क्रबटाईफस देखिएको छ । जापानी इन्सेफ्लाइटिसका कारण नेपालमा यो बर्षमात्रै ११ जनाको मृत्यु भैसकेको छ । टाइफाइड र भाइरल ज्वरो नेपालीको दैनिकी जस्तै भएको छ भने डेंगीको सङ्क्रमणले नेपालका ७४ जिल्ला प्रभावित भएका छन् ।