SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०३:५५ AM · 1 मिनेट पढाइ

५० किलोको एक बोरा युरिया मल भित्र साढे ४ किलोको ढुङ्गो !

नवलपरासी,पश्चिम । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले पाएको युरिया मल भित्र सिमेन्टको पिल्लर जस्तो आकारको  देखिने ठोस बस्तु भेटिएको छ । वडा नम्बर १४ मा रहेको दाउन्नेदेवी साना किसानको कार्यालयमा बुधबार बाँडिएको मल भित्र ढुङ्गा सिमेन्ट पिल्लर जस्तो देखिने ठोस बस्तु फेला परेपछि किसान आश्चर्यमा परेका छन् ।