SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०६:२१ AM · 1 मिनेट पढाइ

आधारभूत तहका प्रहरी १६ वर्षमै सेवा निवृत्त हुने- गृहमन्त्री लेखक

काठमान्डौ, ५ भदौ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका आधारभूत दर्जाका कर्मचारीलाई १६ वर्षे सेवा अवधिमा नै अवकाश दिने गरी कानुनी व्यवस्था गरिन लागेको बताएका छन् । नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव समारोहमा आज काठमाडौँमा बोल्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसम्बन्धी नयाँ कानुन छिट्टै ल्याइने प्रतिबद्धता जनाए ।