SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०८:२९ AM · 1 मिनेट पढाइ

निकुञ्जको टोलीद्वारा वयस्क चितुवा नियन्त्रणमा

बर्दिया, ५ भदौ । बर्दियाको मधुवन नगरपालिका–२ स्थित बस्ती नजिकै देखिएको एक वयस्क भाले चितुवालाइ नियन्त्रणमा लिइएको छ । चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाको डार्ट टोलीले बिहीबार बिहान नियन्त्रणमा लिएको हो । चितुवालाइ बर्दियाको चमेली गौरी सामुदायिक वन क्षेत्रमा स्थानीयले बिहान करिब ७ बजे झाडी सरसफाइ गर्ने क्रममा देखेका थिए ।