फरुवा प्रहार गरेर श्रीमतीको हत्या
५ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिका–१ मा बुधबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घरेलु विवादपछि फरुवा प्रहार गरी हत्या गरेको आरोपमा ३३ वर्षीय भीमसेन मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नी ३५ वर्षीया श्रीमती शर्मिला मग्रातीमाथि फरुवा प्रहार गरी हत्या गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
