SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०९:३३ AM · 1 मिनेट पढाइ

लिपुलेक मुद्दामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छ: गगन थापा

काठमाडौँ, ५ भदौ । काँग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले चीन र भारत बिच हालै भएको लिपुलेक व्यापार मार्गको सहमति अस्वीकार्य रहेको बताएका हुन ।