SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

एनपीएलको दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने

 काठमाडौं, ५ भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने भएको छ । बिहीबार एनपीएलले सामाजिक सञ्जालमार्फत प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताको तयारीस्वरूप खेलाडीको मिनी अक्सन प्रक्रिया पूरा भइसकेको एनपीएलले जनाएको छ ।