SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ ०७:४६ AM · 1 मिनेट पढाइ

युएईमा कैद सजाय भोगिरहेका १२० नेपालीलाई आममाफी

काठमाडौं, १ भदौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल–अधाहको अवसरमा विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० जना नेपालीलाई आममाफी प्रदान गरेको छ । युएईस्थित नेपाली दूतावास, अबुधावीका अनुसार ती नेपालीहरूको बाँकी कैद सजाय अवधि मिनाहा गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।