SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ ०८:४९ AM · 1 मिनेट पढाइ

रोल्पामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

 काठमाडौं, १ भदौ । रोल्पामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर बिरामी भएका छन् । मृत्यु हुनेमा रोल्पा परिवर्तन गाउँपालिका–२  राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् । २७ साउनमा जंगलबाट ल्याइएको च्याउको तरकारी खाएपछि नर्मला वली र उनका ८१ वर्षीय श्रीमान भागीराम वली दुबै बिरामी भएका थिए।