SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ ०९:१० AM · 1 मिनेट पढाइ

अपडेटः १० करोडको चेक बाउन्स प्रकरणमा राजु गोर्खाली पक्राउ

काठमाडौं, १ भदौ । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली ( राजेन्द्रबहादुर गोर्खाली ) ठूलो रकमको चेक बाउन्स प्रकरणमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई राजधानीको चन्द्रगिरी क्षेत्रबाट पक्राउ गरी भद्रकालीस्थित हिरासतमा ल्याएको हो । गोर्खालीमाथि १० करोड रुपैयाँ बराबरको चेक बाउन्ससम्बन्धी जाहेरी परेको प्रहरीले जनाएको छ ।