SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

साताको पहिलो दिन सेयर बजारमा गिरावट, नेप्से २७ अंकले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा समग्र रूपमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंकले घटेर २,७६१ अंकमा झरेको छ । कारोबारको क्रममा नेप्से सूचक एक समय २,८०३ अंकसम्म पुगे पनि त्यसपछि बजार निरन्तर ओरालो लाग्दै अन्तिमसम्म गिरावटमै रहेको हो ।