SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ ११:०५ AM · 1 मिनेट पढाइ

भारतीय विदेश सचिव विक्रम मिश्री र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिश्रीले खुमलटारस्थित प्रचण्ड निवासमा भेट गरेका हुन् ।