SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ ०१:५४ PM · 1 मिनेट पढाइ

मितेरी सहकारी ठगी प्रकरण : धनराज गुरुङकी पूर्वपत्नी ज्योतिको मुख्य संलग्नता

काठमाडौँ । ललितपुरको महालक्ष्मिस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ नै मुख्य संलग्न रहेको तथ्य उजागर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले आइतबार ललितपुर जिल्ला अदालतमा ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।