SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिएका थिए।