SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ १२:४४ AM · 1 मिनेट पढाइ

टप इन्ड टी-२० सिरिज: नेपाल आज मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दै

काठमाडौँ । अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विनस्थित टीआइओ स्टेडियममा हुनेछ। नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ। सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ।