SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०७:०३ AM · 1 मिनेट पढाइ

गुल्मीका स्थायी शिक्षकहरु पनि राजीनामा दिएर लागे विदेश तर्फ

गुल्मी, २ भदौ  । गुल्मीमा स्थायी शिक्षकहरुले पनि राजीनामा दिएर विदेश तर्फ उड्ने गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा १२४ जना शिक्षकहरुले राजीनामा दिएका हुन । आर्थिक वर्ष २०७९/०८० मा प्राथामिक तहमा ३७ जना, निम्न माध्यमिक तहमा एक जनाको राजीनामा स्वीकृत भएको हो ।