SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०७:०९ AM · 1 मिनेट पढाइ

२५ जनाको क्षमता भएको गुल्मी कारागारमा १०८ कैदीवन्दी कोचाकोच

गुल्मी,२ भदौ । २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा १०८ कैदीवन्दीहरु  कोचाकोच गरी बस्न बाध्य छन् । जिल्ला कारागार  कार्यालय गुल्मीका जेलर रेश्मीराज पन्थका अनुसार २५ जनाको क्षमता रहेको (ङ)बर्गको कारागारमा अहिले १०८ जना कैदीवन्दीहरु रहेका छन् । पन्थीका अनुसार पुरुष १०१ जना, जस मध्ये थुनुवा ३३ र कैदी ६८ जना रहेका छन् ।