SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०७:३० AM · 1 मिनेट पढाइ

सरकार ढल्ने हल्ला चलाउनेहरू अस्थिरताका रोगी हुन्:  महासचिव पोखरेल

काठमाडौं,२ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्थायित्वमा अडिग रहेको स्पष्ट पार्दै, सरकार ढल्ने हल्ला फैलाउनेहरूलाई अस्थिरताका रोगीको संज्ञा दिएका छन् । सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच उच्चस्तरीय सहमतिसहितको गठबन्धन बनेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म सरकार टिक्ने दाबी गरे ।