SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०९:५७ AM · 1 मिनेट पढाइ

गुल्मी पुर्तिघाट तराई–मधेस सम्पर्क समाजद्वारा तीज मिलन कार्यक्रम

बुटवल, २ भदौ । गुल्मी पुर्तिघाट तराई–मधेस सम्पर्क समाजले आयोजना गरेको तीज मिलन कार्यक्रम–२०८२ बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा समाजका अध्यक्ष बाबुराम लुइटेल शर्माले अध्यक्षता गरेका थिए । समाजका जेष्ठ नागरिक क्या. कुलमान थापा, जेष्ठ आमा आसा थापा, सल्लाहकार श्याम थापा र समाजप्रेमी रुप बहादुर थापा सहभागी थिए ।