SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ १०:०४ AM · 1 मिनेट पढाइ

डिजिटल नेपाल फ्रेमवर्क र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्री ओलीले लिए जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को अद्यावधिक र नेपाल टेलिकमको प्रगतिसम्बन्धी जानकारी प्राप्त गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ब्रिफिङमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ,  मन्त्रालयकी सचिव राधिका अर्याल, र नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान सहभागी थिए ।