SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

गुल्मीमा कोरिडोरसहित मुख्य सडक २१२ घण्टा ठप्प

गुल्मी,२ भदौ । गुल्मीमा साउन  महिनामा मात्रै  कालीगण्डकी कोरिडोरसहित  मुख्य सडकहरू  २१२ घण्टा  अवरुद्ध भएका छन् ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका  प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार कालीगण्डकी कोरिडोर १३ पटक अवरुद्ध हुँदा १०५ घण्टा ठप्प भएको छ । कालीगण्डकी कोरिडोरको गरगरे, राक्से, मुल्क र कनौटामा सडक अवरुद्ध भएको थियो ।