SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०२:५९ PM · 1 मिनेट पढाइ

तरुण दलले गर्‍यो लुहाम–काभ्रा–कालिमाटी सडक मर्मत

सल्यान, २ भदौ । वर्षाको कारण बिग्रिएको लुहाम–काभ्रा–कालिमाटी सडक खण्डमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले मर्मत सम्भार गरेको छ । लगातारको वर्षाले सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी र हिलोका कारण यातायात आवागमनमा कठिनाइ भएको भन्दै तरुण दलले सोमबार सामूहिक पहलमा मर्मत गरेको हो ।