फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष बनेका ओझा बर्खास्त
काठमाडौँ । सरकारलाई फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई बर्खास्त गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। त्यही दिनबाट उनी पदबाट निलम्बित भएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
