SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०१:३० AM · 1 मिनेट पढाइ

ईश्वरी–दिपा लोक सेवाका प्रेरणा 

बुटवल, ०३ भदौ । ‘सफलता एकै पटकमा प्राप्त हुँदैन, तर एक पटक अवश्य प्राप्त हुन्छ’ भन्ने मान्यता अहिले अर्घाखाँची, छत्रदेवका ईश्वरी प्रसाद पाण्डेले प्रमाणित गरेका छन् । लामो समय शिक्षण पेशमा जीवन बिताएका उनले शिक्षक सेवा आयोगसँगै लोक सेवा आयोगमा ३ वर्षमा प्राप्त गरेको सफलता सबैको लागि प्रेरणाको स्रोत समेत बनेको छ ।