SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०२:३५ AM · 1 मिनेट पढाइ

वर्षभरिको दुःख बिसाउन ‘तीज’

बुटवल, ०३ भदौ । बिहान सबेरै अस्पताल लाइनमा फलफूलको डोकोसँग भेटिने टीका श्रीष दुई दिनदेखि तीजको तयारीमा छिन । शनिबार व्यापार गर्दै दिदीबहिनीहरू छलफल गरे । आफ्नै अगुवाइमा तीज मनाउने दिन तोके सोमबारलाई । डोको–नाङ्लोको व्यापार छोडेर सोमबार उनीहरू भेला भए तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रमा । सधैँ झुत्रो कपडामा भेटिने टीका शीर्ष सोमबार भने फरक पहिरनमा थिइन् ।