SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०५:४० AM · 1 मिनेट पढाइ

उपसभामुखलाई पदबाट हटाउन कांग्रेस–एमालेको तयारी, सांसदहरूको हस्ताक्षर संकलन सुरु

काठमाडौं, ३ भदौ । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेका छन् । सोही उद्देश्यले दुवै दलले आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाई हस्ताक्षर संकलन प्रक्रिया सुरु गरेका छन् । कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ ।