SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०८:०७ AM · 1 मिनेट पढाइ

नेपालले होबार्टलाई दियो १८१ रनको लक्ष्य

 काठमाडौं, ३ भदौ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनायो । यससँगै नेपालले होबार्टलाई जितका लागि १८१ रनको लक्ष्य दिएको हो ।